जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी बिराटनगरबाट पक्राउ

मोरङ । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–१७ बस्ने ५० वर्षीय सञ्जय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङको २०६६ असार १५ गतेको फैसलाले जिउ मास्ने बेच्ने मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद, ५० हजार रुपैयाँ जरिवाना र अर्को जिउ मास्ने बेच्ने मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।