सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरीमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ नकटिरायपुर बस्ने अवधिराम यादवका ६ वर्षीय छोरा युवराजको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको छेउमा रहेको माछापोखरीमा बच्चाहरुसँग खेल्ने क्रममा उनि डुबेर सिकिस्त भएका थिए ।
घाइते युवराजलाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।