क्रियाशील सदस्यता नयाँ मापदण्डबाट पाँच दिनभित्र टुंग्याउने

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ ।
पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने निर्णय गरेको हो ।
बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै (४÷४ क्षेत्र), रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने र पाँच दिनभित्र काम सक्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।