प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

सुनसरीको धरान ८ तिनकुनेबाट प्रहरीले प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरगढी नगरपालिका –९ बस्ने २१ बर्षीय सुजन लिम्बु रहेका छन् ।


मंगलबार राती १० बजे कोशी राजमार्गमा ईटहरीबाट धरान तर्फ कालो झोला बोकी पदैल आउदै गरेका उनको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ६६० ट्याबलेट र स्पस्पेन ७७० ट्याव्लेट फेला परेको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।