आज विश्व बाघ दिवस

‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने सन्देशका साथ आज विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाइँदै छ ।
नेपालले सन् २०१० लाई आधार वर्ष मानेर सन् २०२२ सम्ममा बाघको सङ्ख्या १ सय २१ बाट बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेकोमा अहिले बाघको सङ्ख्या २ सय ३५ पुगिसकेको छ ।
संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले अर्को वर्षसम्ममा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा हुने निश्चित भएको छ । सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो ।
नेपालसहित विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ ।