बलात्कार आरोपमा सुनसरीबाट असई पक्राउ

युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । युवतीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका हुन् ।
२०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


जाहेरी दर्ता भएर जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी भएपछि प्रहरी सहायक निरीक्षक (असई) मण्डलले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए ।
अदालतबाट एक हप्ता म्याद थप गरी मण्डलमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।