सप्तरीमा अवैध लागूऔषध सहित एक पक्राउ

सप्तरीमा अबैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन । महदेवा गाउँपालिका–४ बलियाबाट करिब १ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका–३ बथनाहा बस्ने २३ वर्षीय आशाराम यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । यादवले चलाएको स.१० प ९४४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले बोकेको झोलामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।