कुल परिक्षणको २४ दशमलव २९ प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा देशभर तीन हजार आठ सय ४० जनामा कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ८६ जनाको पीसीआर र चार हजार नौ सय २२ जनाको एन्टिजेन विधिबाट गरी १५ हजार आठ सय आठ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यो कुल परिक्षणको २४ दशमलव २९ प्रतिशत हो । तथ्याङ्कअनुसार कोरोना सङ्क्रमण दर बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ४६ हजार सात सय तीन पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४९ हजार ७२ जना पुगेको छ ।


यही अवधिमा थप ३३ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय ९१ पुगेको छ ।
अहिले नेपालमा २९ हजार चार सय ४४ जना सक्रिय सङ्क्रमित छन् ।




Leave a Reply

Your email address will not be published.