खोटाङमा भरूवा बन्दुक सहित तीन पक्राउ

खोटाङको दिक्तेलबाट भरूवा बन्दुक सहित तीन जना पक्राउ परेका छन । रूपाकोट मझुवागडी नगरपालिका–१० पाखेका बस्ने ५९ वर्षीय पर्शुराम बाँनिया समेत ३ जनालाई ३ थान एकनाले भरूवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी चौकी तालखर्कबाट खटीएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।