थाहा नदिई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै सुबेदीले दिए राजिनामा

बेलबारी बहुमुखी क्याम्पस संचालक समिति सदस्य पद बाट महेन्द्रप्रसाद सुबेदीले राजिनामा दिएका छन । आफुलाई थाहै नदिइ बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख बहालवाला कर्मचारी भुपेन्द्र कोइरालालाई दोहोरो सुविधा हुनेगरी क्याम्पस प्रमुख नियुक्त भन्दै सुवेदीले राजिनामा दिएका हुन ।

विवादित बनेको क्याम्पस प्रमुख नियुक्ति लगायत क्याम्पस भित्र चरणबद्ध रुपमा बेथिति भित्रिएको भन्ने आफ्नो बुझाइ र ठम्याई रहेकोले नेतृत्वमा रहिरहन असहज महसुस गरि संचालक समितिको पदबाट राजिनामा दिएको सुवेदीले बताएका छन ।


विवादित बनेको क्याम्पस प्रमुख पदमा विधि र पद्दतिलाइ अङ्गीकार नगरिकन मनोमानी ढंगबाट एकलौटी रुपमा नियुक्ति गरिएको भन्दै क्याम्पस भित्रकै विद्यार्थीहरुको बिरोध आउनु असोभनिय हुने उनको भनाई छ ।
क्याम्पस संचालनका निमित्त परिषद सदस्यको अवधारणा अनुसार जम्मा २८२ जना परिषद सदस्यहरु मध्ये सुवेदी पनि एक हुन ।
२०७७ चैत्र ३० गते सम्पन्न तेस्रो साधारण सभाबाट सबै उपस्थित परिषद्सदस्यहरुको सहमतिमा सुवेदी संचालक समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए । सोहि अनुरुप संचालक समिति सदस्यहरु मध्ये बाट नै अध्यक्ष लगायत पदाधिकारी चयन हुने अवधारणा रहेको र सोहि बमोजिम चयन गर्नका निमित्त राजनितिक दलले तोकेको सदस्यलाई पदाधिकारी बनाउने सर्व सहमति भएको थियो ।


उक्त सहमतिलाइ कार्यन्वयन गर्ने गराउने क्रममा अध्यक्ष लगायात अन्य पदाधिकारीको पद पूर्ति हुनु र आफुलाई राजनैतिक दलले दिएको परिपत्रलाई आजका मिति सम्म पनि कार्यन्वयन नहुनुमा क्याम्पस संचालनमा वाधक भएको हु कि भन्ने महसुस भएको उनले राजिनामा पत्रमा उल्लेख गरेका छन ।
क्याम्पस स्थापना गर्दा देखि हालको अवस्था सम्म आइपुग्दा संस्थापक परिषद्हुदै क्याम्पस संचालक समितिको उपाध्यक्ष सम्म भएर सुवेदीले काम गरेका छन ।
यस क्याम्पसमा शिक्षाशास्त्र, बाणिज्य र मानविकी पढाईका निम्ति त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत लिइ पठनपाठन तथा संचालन हुदै आएको छ ।