इलामा जङ्गली च्याउ खाँदा बाबुछोराको मृत्यु

इलाम । इलामा जङ्गली च्याउको तरकारी खाँदा २ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुवै जनालाई उपचारका लागि विराटनगरमा रहेको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै जनाको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो ।