अपहरण, शरीर बन्धक, कुटपिट अभियोगमा इटहरीबाट ३ जना पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–७ बस्ने २५ वर्षीय संगित थापा, १९ वर्षीय अनिष कार्की र सोही उपमहानगरपालिका– ८ बस्ने २३ वर्षीय सिद्धार्थ राई रहेका छन् ।
ईटहरी उपमहानगरपालिका–८ फुलबारी टोलको प्लटिङमा उनीहरुले ती पुरुषलाई कुटपिट गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले फेला पारी पीडितको उद्दार गरेको थियो । थप अनुसन्धानको क्रममा ती पुरुषलाई उनीहरुले बिहीबार दिउँसो ईटहरी उपमहानगरपालिका–९ भोजपुरे टोलबाट जबरजस्ती गरी नम्बर नखुलेको सिटी सफारीमा राखी आँखामा पट्टी समेत बाँधेर संगितको घरमा लगि रातभर भाग्न उम्कन नदिई कोठाभित्र थुनी राखेको तथा शुक्रबार बिहान तीनै जनाले उक्त प्लटिङमा लगि कुटपिट गरेको खुल्न आएको छ ।
उनीहरु उपर अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूर मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।