भारतिय नोट सहित दुई जना भारतिय पक्राउ

मोरङ बिराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट भारतिय र अमेरिकी डलर सहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतिय र अमेरिकी डलर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ बर्षीय अतुल कुमार र ३५ बर्षीय सन्दिप सिंह रोय रहेका छन् ।
भारतबाट नेपाल तर्फ आउदै गरेका उनिहरुको साथबाट भारतिय नोट ५०० को २०० थान १ लाख र सन्दिप सिंह रोयको साथबाट भारतिय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान,१० को १ थान , र १ को ४ थान सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाईएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।