थप ३ हजार १ सय १४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा तीन हजार एक सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१० हजार ६ सय २५ जनाको पीसीआर र चार हजार दुई सय ८५ जनाको एन्टिजेन गरी १४ हजार नौ सय १० जनाको परीक्षण गर्दा तीन हजार एक सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको झण्डै २१ प्रतिशत हो ।
आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३३ हजार दुई सय ६० जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ९७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४१ हजार पाँच सय ६५ पुगेको छ । थप १६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६ सय ९५ जना पुगेको छ ।
अहिले नेपालमा २७ हजार सात सय ५७ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।




Leave a Reply

Your email address will not be published.