पिलरले लागेर बालकको मृत्यु

इलाममा सिमेन्टको पिलर ढलेर लाग्दा एक बालकको मृत्यु भएको छ । इलाम नगरपालिका १ नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु भएको हो ।
छतमा खेल्ने क्रममा घर बनाउनको लागी बनाई राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढली किच्दा बालक घाइते भएका थिए । गम्भिर घाईते भएका बालकको उपचारको लागी जिल्ला अस्पताल ईलाम पु¥याउदा मृत्यु भई सकेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट थप अनुसन्धान भईरहेको छ ।