कांग्रेसको वडा अधिवेशन स्थगित

नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
अधिवेशनको अर्को मिति छिटै तोकिने प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो । भदौ १६ गतेदेखि हुने चौधौँ केन्द्रीय महाधिवेशनको लागि कांग्रेसले साउन १२ गते वडा अधिवेशन, साउन १६ गते पालिकाको अधिवेशन, २० गते प्रदेशसभा क्षेत्र तथा २३ र २६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।
यस्तै भदौको १ र २ गते प्रदेश अधिवेशनको कार्यतालिका छ । वडाको अधिवेशन स्थगित भएपनि अरु अधिवेशनको तालिकाको बारेमा अहिले कुनै निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।