खोटाङको खार्मी केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प

खोटाङको खार्मी केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद् डा.मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।