बार्सिलोना र युभेन्टस जोन ग्याम्पर ट्रफीको लागि भिड्ने

बार्सिलोना र युभेन्टस जोन ग्याम्पर ट्रफीको लागि भिड्ने भएका छन । यस समरको जोन ग्याम्पर ट्रफी खेल्न बार्सिलोनाको यो प्रस्तावलाई युभेन्ट्सले स्वीकार गरेपछि यि दुई टोलीबीच खेल हुने पक्का भएको हो ।
यो खेल ८ अगस्टमा हुने छ ।
बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको थियो । तर इंग्ल्यान्डमा क्वारेन्टिन नियम परिवर्तन भएसँगै सिटीले नखेल्ने भएपछि बार्सिलोनाले युभेन्ट्ससँग खेल्ने मनसाय बनाएको हो ।
युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेल्न लागेको हो । युभेन्ट्सले पछिल्लोपटक २००५ मा खेलेको थियो । क्याटलान क्लब बार्सिलोनाको यो वार्षिक कार्यक्रम हो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५५ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले हालसम्म ४३ पटक यो उपाधि जितेको छ ।