कल्पनाले बनाइन राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् ।
यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् । कल्पना समग्रमा ४६ औं स्थानमा रहिन् ।
छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् ।
कल्पनाले यसअघि सन् २०१८ मा भएको एसियाली खेलकुदमा ५ सय ९४.८ स्कोर गरेकी थिइन् । त्यसपछि सन् २०१९ मा नेपालमै भएको सागमा उनले प्रदर्शन सुधार गरेकी थिइन् । सागमा उनी चौथो भएकी थिइन् ।