वि.पि. स्मृति दिवसमा तरुण दलले बेलबारीमा बृहत रक्तदान कार्यक्रम गर्ने

बेलबारी । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा मोरङको बेलबारीमा बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । ३९ औं वि.पि. स्मृति दिवसको अवसरमा नेपाल तरुण दल वडा कार्यसमिति बेलबारी वडा नं १ ले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।


साउन ६ गते बुधबार आयेजना हुने कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटि मोरङले प्राविधिक रुपमा सहयोग गर्नेछ । पाटी कार्यलय अगाडी पेन्टागनको प्राङ्गणमा बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने तरुण दल वडा कार्य समितिले जनाएको छ ।


नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ ।