कोरोनाका कारण थप ३२ जनाको ज्यान गयो

नेपालमा कोरोना भाइरसका कारण थप ३२ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ८२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार आठ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ४२ जना र तीन हजार आठ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय तीन जना गरी दुई हजार चार सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १८ हजार चार सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार दुई सय ५८ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३३ हजार तीन सय ३२ जना पुगेको छ ।
अहिले नेपालमा २५ हजार आठ सय ३७ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ६४ जनाको आईसीयू र एक सय ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।