सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–२ का २९ बर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरीपरी हात्ती रोक्नका लागी लगाईएको फलामको तारमा छुँदा करेन्ट लागेर घाईते भएका घिमिरेको उपचारको क्रममा बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको हो ।
यसैगरी ईटहरी–१७ का मनोज खत्रीको पनी करेन्ट लागेर मृत्यु भएको छ । घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घाईते भएका खत्रीलाई उपचारको लागी बिराट टिचिङ हस्पिटल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।