झापामा अबैध समान बरामद

झापाका दुई छुट्टाछुट्टै स्थानबाट अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–४ आमडागीबाट अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तिजन्य पदार्थ बराबद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भित्र्याउदै गरेको अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।