ओखलढुङगामा आगोले जलेर एकको मृत्यु

ओखलढुङगामा आगोले जलेर एकको मृत्यु भएको छ । सिन्धुली फिक्कल–५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर ज्यान गएको हो ।
ओखलढुङगा मानेभञ्ज्याङ–६ मा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । यसै गरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.