बेलबारीमा एमाले माधव पक्षद्वारा कमिटि पुनर्गठन

केपी ओली पक्ष एकलौटी रुपमा अघि बढेको भन्दै माधव नेपाल पक्षले नेकपा एमाले बेलबारी नगर कमिटि पुनर्गठन गरेको छ । पुनर्गठित एमाले बेलबारी नगर अध्यक्षमा पिपि थापा मगर र सचिव कमल कोइराला रहनुभएको छ ।
त्यस्तै पुनर्गठित एमाले नगर इन्चार्जमा राजेश बस्नेत र सह–ईन्चार्ज शंकर गुरुङ चयन हुनुभएको पुनर्गठित कमिटिका सचिव कोइरालाले जानकारी दिनुभएको छ ।
कमिटिमा अन्य पदाधिकारी, सदस्य तथा कार्यलय सदस्यहरु तत्कालै थप गरिने पनि कोइरालाले जानकारी दिनुभयो ।
ओली पक्षले बेलबारीमा बिना सरसल्लाह एकलौटि रुपमा रविन थापालाई अध्यक्ष भनेर संगठनका गतिबिधिहरु अघि बढाएकाले सो कदमको प्रतिकार स्वरुप कमिटि पुनर्गठन गर्नु परेको एमाले माधव पक्षले दावी गरेको छ ।