नेपाल खेलकुद महासंघ मोरङको कमिटी विस्तार

बेलबारीका हेमन्त सुवेदीको अध्यक्षतामा गठित नेपाल खेलकुद महासंघ मोरङको कमिटी विस्तार गरिएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको भर्चुअल वैठकले कमिटी विस्तार गरेको हो । सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले कमिटी विस्तार गरेर एक सय २५ सदस्यिय बनाएको छ ।

विस्तारित कमिटीको उपाध्यक्षमा गोमा चौधरी , दिनेश कर्ण ,सचिव उमेश श्रेष्ठ उपसचिवहरु नविन मण्डल ,पुस्कर पोखरेल ,विष्णु बस्नेत कोषाध्यक्षमा भुवन खतिवडा रहनुभएको छ । सो बैठकले दिवंगत विभिन्न व्यक्तित्वहरु प्रति शोक प्रस्ताव पारित गरेको छ । विभिन्न समयमा निधन भएका महासंघका जिल्ला सदस्य विजय थापा ,पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पुर्व सचिव महेन्द्रजंग कार्की सदस्य लक्ष्मी राई प्रति शोक प्रस्ताव पारित गरिएको हो । भर्चुअल बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य महेश रेग्मी माहासंघका केन्द्रिय प्रथम उपाध्यक्ष तथा पुर्व सदस्य सचिव केशव बिष्ट उप महासचिव रबिन नगरकोटी लगायतको पनि सहभागिता रहेको थियो ।