बोयर काण्डः नगरपालिकाको गलत काम ढाकाछोप गर्न एमाले लागेको तीन दलको आरोप

नेकपा एमाले बेलबारी नगर समितिले बोयर बोकापाठी खरिद विषयमा नगरपालिकाले बनाएको छानविन समितिमा प्रतिनिधि नपठाउने भनेर निकालेको विज्ञप्तिप्रति तीनवटा दलले आपत्ति जनाएका छन । असार ३ गते अध्यक्ष रविन थापाको निर्देशनमा कार्यलय सदस्य कृष्ण गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिप्रति आपत्ति जनाउदै नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र जनता समाजबादी पाटीले आइतबार विज्ञप्ति निकालेका हुन ।

नगरपालिकाले बनाएको छानविन समितिकी संयोजक उपमेयर ढाकाकुमारी पराजुलीले राजिनामा दिएपछि समितिले पुर्णता नपाएको कुरालाई नेकपा एमाले बेलबारी नगर कमिटिले अन्य राजनैतिक दलहरुलाई आक्षेप लगाएर आफ्नो पाटीको प्रतिनिधित्व रहेको नगरपालिकाको गलत कार्यको ढाकछोप गर्न खोजि भ्रष्ट्रचारप्रति शुन्य सहनशिलताको उपहास गरेको तीन वटा पाटीको बिज्ञप्तिमा उल्लेख छ ।

नेपाली काँग्रेस बेलबारी सहसभापति बद्री मण्डल, नेकपा माओबादी केन्द्र बेलबारी अध्यक्ष पर्शुराम सुबेदी र जसपा बेलबारी अध्यक्ष तिलक राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपमेयर पराजुलीको संयोजकत्वमा गठित छानबिन समितिमा सदस्य पठाउन आतुर हुने तर कार्यपालिका सदस्यको संयोजक छनोट समितिमा प्रश्न गर्दै किन नेकपा एमाले समितिबाट बाहिरिएको हो भनेर प्रश्न समेत गरिएको छ ।

बोयर बोकापाठी खरिद विषयमा नगरपालिकाले बनाएको छानविन समितिमा नेकपा एमाले बेलबारी नगर कमिटिले यसअघि नेता कृष्ण गुरुङलाई पठाएपनि सत्तारुढ दलका हिसाबले समितिमा रहनु उपयुक्त नहुने भन्दै प्रतिनिधि नपठाउने निर्णय गरेको थियो ।