स्काउट स्थापना दिवसमा बेलबारीमा बृक्षारोपण

   

नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले बृक्षारोपण गरेको छ । बेलबारी नगरपालिकाको प्रांगणमा फलफुलका बिरुवाहरु रोपेर स्काउटले स्थापना दिवस मनाएको हो । बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उप प्रमुख ढाका कुमारी पराजुलिले आँप, स्ट्रवेरी, अम्बा लगायतका बिरुवा रोपेका छन । विरुवा रोप्दै स्काउटका संरक्षक समेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रसंसा गरेका छन । नगरपालिका सँगको सहकार्यमा बेलबारी स्काउटले कोरोनाबाट मृत्यु भएकाहरुको शबको ब्यबस्थापन समेत गर्ने गरेको स्काउट बेलबारीका संयोजक बादल देवानले बताए ।