बेलबारी बोयर काण्डका विषयमा अख्तियारद्वारा छानविन सुरु: नगरपालिकालाई पत्र काट्यो


बेलबारी बोयर काण्डका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । छानविन सुरु गरेको अख्तियारले सोमबार नै बेलबारी नगरपालिकालाई पत्र काटेको छ । शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर बोकापाठी खरिद गर्दा घोटाला भएको विषयमा आइतबार बेलबारीका युवाहरुले अख्तियारको इटहरीस्थित कार्यालयमा छानविनका लागि उजुरी दिएका थिए । उजुरी आएकै भोलीपल्ट अख्तियारले बेलबारी नगरपालिकालाई पत्र काटेको हो ।
अख्तियारले नगरपालिकालाई लेखेको पत्रमा बोयर बोकापाठी खरिद के कस्तो प्रकृयाबाट भएको हो,भुक्तानी भएको छ वा छैन्, खरिद प्रकृयासँग सम्बन्धित सम्पुर्ण कागजात सहित जानकारी पठाउन भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालय स्रोतले बताएको छ । यता बेलबारी नगरपालिका स्रोतले पनि पत्र प्राप्त भैसकेको जानकारी दिएको छ ।
अष्ट्रेलियाबाट ल्याएको फुल ब्लड अष्ट्रेलियन बोयर भन्दै नगरपालिकाले नगरपालिकाले किसानलाई बोकापाठी वितरण गर्दा घोटाला भएको दावी सहित बेलबारीका ६ जना युवाहरुले आइतबार अख्तियारको इटहरी कार्यालयमा उजुरी दिएका थिए । उनीहरुले बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी,प्रमुख प्रसासकिय अधिकृत प्रदिप शाह,बेलबारी १ का उत्तम गिरी,ग्रो अर्गानिक कृषि फर्मका प्रतिनिधि भनिएका श्याम पाण्डे र सुदिप चौधरी तथा बेलबारी नगरपालिकाका अन्य जनप्रतिनिधिको समेत संलग्नतामा १ करोड १ लाख रुपैयाँ बराबरको घोटाला भएको भन्दै छानविन गरी आवश्यक कारवाहीका लागि उजुरी दिएका हुन् ।

यो पनि पढ्नुहोस:अख्तियारमा उजुरी परेको भोलीपल्टै बेलबारी नगरद्वारा ग्रो अर्गानिकसँगको बोयर खरिद सम्झौता रद्द

बेलबारी नगरपालिकाका मेयर सहित ५ जना विरुद्ध अख्तियारमा उजुरी