बेलबारी बोयर काण्ड : ग्रो अर्गानिकको धरौटी जफत , छानविन समिति गठन

बोयर बोकापाठी खरिद विषयमा चौतर्फी प्रश्न उठेपछि बेलबारी नगरपालिकाले त्यसबारे दलिय सहभागिता सहितको छानविन समिति बनाउने निर्णय गरेको छ । यस्तै अष्ट्रेलियाबाट ल्याउने भनेर गलत दावी गरेर सम्झौता मापदण्ड विपरितका बोकापाठी ल्याउने ग्रो अर्गानिक कृषि प्रा.ली.लाई कालो सुचीमा राखी धरौटी जफत गर्ने र सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार कारवाही प्रकृया अघि बढाउने पनि निर्णय भएको छ । ग्रो अर्गानिकका प्रतिनिधि भएर आएका श्याम पाण्डेको संलग्नता रहेका विभिन्न कम्पनीले प्राप्त गर्ने अन्य योजनाका ठेक्का प्रकृया पनि सबै रद्द गर्ने निर्णय समेत भएको छ ।

बेलबारी नगर कार्यपालिकाको सोमबार साँझ सम्म बसेको बैठकले उपमेयर ढाका पराजुलीको संयोजकत्वमा ७ सदस्यिस छानविन समिति बनाउने निर्णय भएको १० नम्बर वडाका वडाध्यक्ष गंगा याख्खाले जानकारी दिनुभएको छ । समितिमा योजना शाखाबाट १ जना,पशुबिकास शाखाबाट १ जना तथा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द
र जनता समाजवादी पार्टीबाट १÷१ जना सदस्य रहनेगरी छानविन समिति बनाउने निर्णय भएको हो ।
तर छानबिन समितिको संयोजक रहने विषयमा भने उपमेयर ढाका पराजुलीले विमती राख्नुभएको छ । पराजुलीले न्यायिक समिति लगायत अन्य कामहरुको चाप रहेको र आफ्नो अन्य कार्यव्यवस्था लगायतका कारण पनि आफु समितिमा बस्न नसक्ने र बाहिरबाटै सहयोग गर्ने बताउनुभएको थियो ।
केही कार्यपालिका सदस्यहरुले भने वडानम्बर ७ का वडाध्यक्ष चेतराज बस्नेतको संयोजकत्वमा छानविन समिति बनाउनुपर्ने प्रस्ताव समेत गरेका थिए । उपमेयर ढाका पराजुलीले भने आफु समितिमा नबस्ने घोषणा गर्ने बताउनुभएको छ ।
अष्ट्रेलियाबाट शत प्रतिशत शुद्ध बोयर बोकापाठी ल्याएर किसानलाई बाँड्ने नगरपालिकाको कार्यक्रम अनुसार ग्रो अर्गानिक कृषि प्रालिसँग सम्झौता भएको थियो ।तर, झुट प्रचार गर्दै नेपाल भित्रैका बोयर ल्याएर अष्ट्रेलियाबाट ल्याएको भनिएको थियो । यसबारे चौतर्फी विरोध भएपछि र राजनितिक दलहरुले विरोध जनाएपछि ढिला गरी नगरपालिकाले यी निर्णयहरु गरेको हो ।