बेलबारी नगरले किसानलाई बाँड्यो बोयरका बोका र पाठी


बेलबारी नगरपालिकाले अष्ट्रेलियाबाट ल्याइएका बोयर जातका बोका तथा पाठी किसानलाई वितरण गरेको छ । नगरपालिकाले कृषक समुह तथा व्यवसायिक कृषि फर्म सञ्चालकहरुलाई शनिबार बोयरका बोका र पाठी वितरण गरेको हो । अष्ट्रेलियाको बोयर गोट ब्रिडर एसोसिएसन अष्ट्रेलियामार्फत बोयरका ५२ ओटा वोका र ३८ वटा पाठी नगरपालिकाले आफैँ किनेर ल्याई नगरका कृषकहरुलाई बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले जानकारी दिनुभएको छ ।
एक करोड २५ लाख मुल्य खर्च गरेर नगरपालिकाले अष्टे«लियाबाट बोयर बाख्रा ल्याएको हो । मासु उत्पादनका हिसाबले उन्नत जात मानिएको बोयर बाख्राको उत्पादन वृद्धि गरी किसानहरुलाई छिटो र बढी आर्थिक लाभ मिलोस भन्ने उद्देश्यले वितरण गरिएकोे नगर प्रमुख सुबेदीले बताउनुभयो ।बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रकारुपमा बिकास गर्ने लक्ष्य लिएकोपनि सुवेदीले जानकारी दिनुभएको छ ।
समूह तथा र्फमहरुलाई सर्तनै राखेर बितरण गरीएको छ । अनुदानमा दिएका बाख्राहरु बिक्रि गर्न नपाउने सर्त राखेर बितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहाले बताउनुभयो । तिनै बाख्राका पाठापाठिबाट उत्पादन बढाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधिनै बनाएको थियो ।
यो जातको बाख्राले दाना, पानी र स्थानीय स्तरमा पाईने सबै घाँस खाने भएकाले यतिबेला कृषकहरुको ध्यान उक्त बाख्रापालनमा गएको छ । थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरुमा समेत बोयर प्रतिकोमोह बढिरहेको छ । अन्य जातको बाख्रा भन्दा बोयरले थोरै सयमा फाइदा दिने पशुप्राविधिकहरु बताउछन ।