रेडियो बेतनाका पुर्व अध्यक्ष तथा पुर्व सांसद बस्नेतको निधन


रेडियो बेतनाका पुर्व अध्यक्ष एवम् पुर्व सांसद नरेन्द्र बस्नेतको निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार बिहान ४ बजे बस्नेतको निधन भएको हो ।
सुन्दरहरैँचा स्थित खोर्सानेमा बस्दै आउनुभएका ७४ वर्षिय बस्नेतलाई कोरोना संक्रमण भएको थियो । स्वस्थ्यमा गम्भिर समस्या देखिएपछि दुई दिनअघि उहाँलाई अस्पताल लगिएको थियो । बस्नेतले संयन्त्र सञ्चार सहकारी संस्था रेडियो बेतनाको अध्यक्ष रहेर आफ्नो योगदान दिनुभएको थियो । बस्नेतलाई रेडियो बेतनाले २ वर्ष अघि सम्मान समेत गरेको थियो । बस्नेत २०४८ सालको च्ुनावमा भोजपुर क्षेत्रनम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्थ्यो । त्यस्तै दर्जनौ संघ संस्थाहरुमा समेत उहाँको संलग्नता रहेको थियो ।