संसद विघटनको प्रतिवाद गर्न काँग्रेस मोरङको आव्हान

प्रधानमन्त्री र राष्ट्रपतिले गलत नजिर स्थापित गर्दै असंवैधानिक ढंगले संसद विगठन गरी चुनाव घोषणा गरेर कोभिडबाट प्रताडित जनतासँग भोटको सौदावाजी गरेको भन्दै यसको प्रतिरोध गर्न नेपाली कांग्रेस मोरङले आव्हान गरेको छ । आइतबार विज्ञप्ती गारी गर्दै कांग्रेस मोरङले त्यस्तो बताएको हो ।
सभापति डिगबहादुर लिम्बुको हस्ताक्षरमा कांग्रेस मोरङले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको मिलेमतोमा राष्ट्र र लोकतन्त्रलाई नै असफल बनाउन गरेको कदमको न्यायिक र राजनितिक रुपमा प्रतिरोध गर्न सम्पुर्ण लोकतन्त्रवादी देशवासीलाई आग्रह गरेको हो । १ सय ४९ जना सांसदको हस्ताक्षर सहित बहुमतको समर्थन रहेको प्रमाणसहित प्रधानमन्त्री नियुक्तीका लागि दावी प्रस्तुत गरिएपनि राष्ट्रपतिले विधि प्रकृया मिचेर त्यसलाई अस्विकार गरेको कांग्रेस मोरङको दावी छ । केपी ओलीको मतियार बनेर राष्ट्रपतिले असंवैधानिक तवरले गरेको संसद विघटनको घोर निन्दा गर्दै यसविरुद्ध एकजुट हुन सबैलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख छ ।