कोरोनाले बेलबारीमा थप एक जनाको ज्यान गयो


कोरोना संक्रमणबाट बेलरबारीका थप १ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बेलबारी १० की ६० वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको हो । विश्वकर्माका अनुसार केहीदिन अघि कोरोना संक्रमण देखिएकी ती महिलालाई परिवारले नोबेल अस्पतालमा उपचार गराइरहेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएयता कोरोना संक्रमणबाट बेलबारीमा ३ जनाको ज्यान गैसकेको छ ।