कोरोना संक्रमण तिब्र भएर व्यक्तिको ज्यान समेत जान थालेपछि बेलबारीमा रहेका सम्पुर्ण बैंक तथा वित्तिय कारोबार गर्ने संस्थाहरु बन्द गर्न बेलबारी नगरपालिकाले सुचना जारी गरेको छ । नगरपालिकाले विहिबार सुचना जारी गरेको हो । कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको र बेलबारीमा व्यक्तिको ज्यान समेत गएको अवस्थामा नगरपालिकाले यस्तो सुचना जारी गरेको हो । नगरपालिकाको यो सुचनासँगै अब बेलबारी नगरभित्र रहेका सबै बैंक,माइक्रौफाइनान्स,सहकारी लगायतका वित्तिय संस्थाहरु बन्द रहने भएका हुन् ।