कोरोनाले बेलबारीकी एक महिलाको मृत्यु : दोस्रो लहर सुरु भएयता २ जनाको ज्यान गयो



कोरोना संक्रमणबाट विहिबार बेलबारीकी एक महिलाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणको को दोस्रो लहर सुरु भएयता बेलबारीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणबाट बेलबारी ३ की ४२ वर्षिया एक महिलाको ज्यान गएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । केहीदिन अघि कोरोना संक्रमण देखिएर होम आइसोलेसनमै रहेकी ती महिलाको स्वासप्रस्वासमा समस्या देखिएपछि बुधबार बेलबारी २ स्थित आइसोलेसन केन्द्रमा लगिएको थियो । अक्सिजन लगाएर उपचारको प्रयास गर्दा अवस्था थप जटिल देखिएपछि बुधबार नै अस्पताल रेफर गरिएको थियो । कोशी कोभिड अस्पताल विराटनगर भर्ना गरिएकी महिलाको विहिबार विहान मृत्यु भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
यसअघि बेलबारी २ का एक पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको थियो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता बेलबारीमा अहिलेसम्म १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । क