आयोजकलाई स्तब्ध पार्दै पथरीले जित्यो सुन्दरहरैचा मेयरकपको उपाधि

बेलबारी । १४ बैशाख ।
पथरी नगरपालिकाले प्रथम सुन्दरहरैचा मेयरकपको उपाधि हात पारेको छ । मंगलबार फाइनलमा आयोजक सुन्दरहरैचा नगरपालिकालाई ० का बिरुद्ध १ गोल गर्दै पथरीले उपाधि कब्जा गरेको हो ।

सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा अवस्थित शुक्रबारे खेलमैदानमा सम्पन्न भएको खेलको पहिलो हाफमा पथरीका सन्तोस न्यौपानेले गरेको गोल नै निर्णायात्मक बन्यो ।
प्रतियोगिताको विजेता बनेको पथरीले नगद ३ लाख रुपैयाँ र उपविजेता बनेको सुन्दरहरैचाले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
जारी प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिम सहभागि थिए ।

सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक वडा नं १२ थियो भने शुक्रबारे युवा क्लब ब्यबस्थापकको रुपमा रहेको थियो ।
समापन कार्यक्रममा नेपाली संस्कृति झल्कने विभिन्न स्थानीय झाँकीहरु प्रस्तुत भएका थिए ।