सुन्दरहरैचा मेयरकपको उपाधिकालागि आयोजक र पथरी खेल्ने

बेलबारी । १२ बैशाख ।
आयोजक सुन्दरहरैचा नगरपालिकाले प्रथम सुन्दरहरैचा मेयरकपको फाइनलमा स्थान बनाएको छ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा उर्लाबारी नगरपालिकालाई ० का बिरुद्ध १ गोल गर्दै आयोजक सुन्दरहरैचाले फाइनलमा स्थान बनाएको हो ।
सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा अवस्थित शुक्रबारे खेलमैदानमा सम्पन्न भएको खेलको अन्तिमतिर आशिष चौधरीले गरेको गोल नै निर्णायात्मक बन्यो ।
उपाधिकालागि मंगलबार हुने फाइनल खेलमा आयोजकले पथरी नगरपालिकाको सामना गर्नेछ ।
जारी प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिम सहभागि छन ।
प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।
सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक वडा नं १२ छ भने शुक्रबारे युवा क्लब ब्यबस्थापकको रुपमा रहेको छ ।