पथरी नगरपालिका सुन्दरहरैचा मेयरकपको फाइनलमा

बेलबारी । ११ बैशाख ।
पथरी नगरपालिकाले प्रथम सुन्दरहरैचा मेयरकपको फाइनलमा स्थान बनाएको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा लेटाङ नगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै पथरीले फाइनलमा स्थान बनाएको हो ।
सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा अवस्थित शुक्रबारे खेलमैदानमा सम्पन्न भएको खेलमा अग्रता भने लेटाङले लिएको थियो । पहिलो हाफको २४ औ मिनेटमा लेटाङका मोदी कुमार राईले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । ३३ औ मिनेटमा पथरीका बिशाल पाण्डेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोश्रो हाफको अन्त्यतिर पुन पथरीले गोल थप्यो । पथरीका लागि बिशालले दोस्रो गोल थपे ।
जारी प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिम सहभागि छन ।
आइतबार हुने देस्रो सेमिफाइनल खेलमा आयोजकले उर्लाबारीको सामना गर्ने छ ।
प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ ।
सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक वडा नं १२ छ भने शुक्रबारे युवा क्लब ब्यबस्थापकको रुपमा रहेको छ ।