आयोजक सुन्दरहरैचा मेयरकपको सेमिफाइनलमा

बेलबारी । १० बैशाख ।
आयोजक सुन्दरहरैचा प्रथम सुन्दरहरैचा मेयरकपको सेमिफाइनल पुगेको छ । शुक्रबार भएको खेलमा रंगेली नगरपालिकालाई ० का बिरुद्ध ३ गोल गर्दै सुन्दरहरैचाले अन्तिम चारमा स्थान बनाएको हो ।

सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा अवस्थित शुक्रबारे खेलमैदानमा सम्पन्न भएको खेलमा सुन्दरहरैचाका कोमल खवास, बिरेन्द्र लिम्बु र प्रशान्त राईले गोल गरेका हुन ।
जारी प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिम सहभागि छन ।
यस अघि भएका खेलमा बिजयी हुदै लेटाङ, पथरी र उर्लाबारीले सेमिफाइनलमा स्थान बनाइसकेका छन । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा पथरी नगरपालिका र लेटाङ नगरपालिका भिड्ने छन ।

प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ ।
सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक वडा नं १२ छ भने शुक्रबारे युवा क्लब ब्यबस्थापकको रुपमा रहेको छ ।

प्रत्तेक दिन हुने कार्यक्रमको उद्घोषण स्थानीय शिक्षक हिमाल अधिकारीले गरिरहेका छन ।