पथरी नगरपालिका प्रथम सुन्दरहरैचा मेयरकपको सेमिफाइनलमा

बेलबारी । ९ बैशाख ।
पथरी नगरपालिकाले प्रथम सुन्दरहरैचा मेयरकपमा बिजयी सुरुवात गरेको छ । बिहिबार भएको खेलमा सुनबर्षी नगरपालिकालाई ० का बिरुद्ध १ गोल गर्दै पथरीले अन्तिम चारमा स्थान बनाएको हो ।

सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा अवस्थित शुक्रबारे खेलमैदानमा सम्पन्न भएको खेलको पहिलो हाफको १२ औ मिनेटमा भएको गोल नै पथरीका लागि जित पर्याप्त बन्यो । पथरीका लागि जर्सी नं ५ का युकेश तामाङले गोल गरेका हुन । खेलमा थप गोल नहुँदा पथरीले सेमिफाइनलमा स्थान बनायो ।
जारी प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिम सहभागि छन ।
यस अघि भएका खेलमा बिजयी हुदै लेटाङ र उर्लाबारीले सेमिफाइनलमा स्थान बनाइसकेका छन । शुक्रबारको खेलमा आयोजक सुन्दरहरैचाले रंगेली नगरपालिकाको सामना गर्ने छ ।

प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ ।
सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक वडा नं १२ छ भने शुक्रबारे युवा क्लब ब्यबस्थापकको रुपमा रहेको छ ।
प्रत्तेक दिन हुने कार्यक्रमको उद्घोषण स्थानीय शिक्षक हिमाल अधिकारीले गरिरहेका छन ।