आयोजक सुन्दरहरैचा बिजयी

बेलबारी । सुन्दरहरैचा नगरपालिकाले प्रथम सुन्दरहरैचा मेयरकपमा बिराटनगर महानगरपालिकालाई हराएको छ । बुधबारबार भएको खेलमा बिराटनगर महानगरपालिकालाई १ का बिरुद्ध २ गोल गर्दै सुन्दरहरैचा बिजयी भएको हो ।
सुन्दरहरैंचाका लागि छैटौं मिनेमा जर्सि नम्बर १९ का सन्देश श्रेष्ठ र ३४ औं मिनेटमा जर्सि नम्बर १० का विरेन्द्र लिम्बूले गोल गरे । विराटनगरका लागि दोश्रो हाफको २७ औं मिनेटमा जर्सि नम्बर २ का नवीन चौधरीले १ गोल गरे । खेलको म्यान अफ दी म्याच सुन्दरहरैंचाका विरेन्द्र लिम्बू घोषित भए । उनले नगद २ हजार र मेडल हात पारे ।
सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा अवस्थित शुक्रबारे खेलमैदानमा जारी प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिम सहभागि छन ।
यस अघि भएका खेलमा बिजयी हुदै लेटाङ र उर्लाबारीले सेमिफाइनलमा स्थान बनाइसकेका छन ।
प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ ।
बिहिबारको खेल सुनबर्षी नगरपालिका र पथरी नगरपालिका बिच हुनेछ ।
सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक वडा नं १२ छ भने शुक्रबारे युवा क्लब ब्यबस्थापकको रुपमा रहेको छ ।