उर्लाबारी नगरपालिका सुन्दरहरैचा मेयरकपको सेमिफाइनलमा

बेलबारी । उर्लाबारी नगरपालिका प्रथम सुन्दरहरैचा मेयरकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा रतुवामाई नगरपालिकालाई ३ का बिरुद्ध ५ गोल गर्दै उर्लाबारीले अन्तिम चारमा स्थान बनाएको हो ।
सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा अवस्थित शुक्रबारे खेलमैदानमा जारी प्रतियोगितामा मोरङका ८ वटा नगरपालिका र एउटा महानगरपालिका गरी ९ टिम सहभागि छन ।
सोमबार भएको उद्घाटन खेलमा बेलबारी नगरपालिकालाई टाइब्रेकरबाट हराउदै लेटाङ नगरपालिकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
प्रतियोगितामा विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुने आयोजकले जनाएको छ ।
बुधबारको खेल बिराटनगर महानगरपालिका र सुन्दरहरैचा नगरपालिका बिच हुनेछ ।
सुन्दरहरैचा नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक वडा नं १२ छ भने शुक्रबारे युवा क्लब ब्यबस्थापकको रुपमा रहेको छ ।