इप्रका बेलबारीका इन्स्पेक्टर ढकाललाई सम्मान तथा विदाई


इलाका प्रहरी कार्यालय बेलबारीबाट सरुवा भएका प्रहरी निरिक्षक (इन्स्पेक्टर) ऋषिराज ढकाललाई शुक्रबार बेलबारीका विभिन्न संघसंस्थाहरुले सम्मान तथा विदाई गरेका छन् । बेलबारी जेसिजको संयोजनमा बेतना सिमसारमा आयोजित कार्यक्रममा प्रहरी निरिक्षक ढकाललाई सम्मान सहित विदाई गरिएको हो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेलबारी जेसिजले सम्मान समेत गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीमा १ वर्षसम्म प्रमुखको जिम्मेवारीमा रहेर शान्तिसुरक्षा बहाल गर्ने र यसक्षेत्रका नागरिकको सुरक्षाका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको बेलबारी जेसिजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी बताउनुयो । कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारी नगरसहित इप्रका बेलबारीको कार्यक्षेत्रभित्र नागरिकहरुसँग समेत हातेमालो र सहकार्य गर्दै शान्ति सुरक्षा बहाल गर्ने कार्यमा प्रहरी निरिक्षक ढकालले निर्वाह गर्नुभएको भुमिका प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बेलबारीका अन्य विभिन्न संस्थाहरुको तर्फबाट पनि मायाको चिनो सहित ढकाललाई विदाई गरिएको थियो
कार्यक्रममा नेकपा एमालेका नगर इन्चार्ज इरान राई,नेपाली कांग्रेस महासमिति सदस्यहरु महेन्द्र सुवेदी र नगेन्द्र जमर कट्टेल,बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुली,नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप कुमार शाह,नेपाल आदिवासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राई , जनता समाजवादी पार्टी बेलबारीका अध्यक्ष तिलक साम्पाङ राई,बेलबारी जेसिजका संस्थापक अध्यक्ष माधवराज थापा,बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम बेलबारी जेसिजका महासचिव विपिन आचार्यले सञ्चालन गर्नुभएको थियो ।
गत वर्ष बैशाख १४ गते इप्रका बेलबारी प्रमुखको जिम्मेवारीमा आउनुभएका ढकाल सरुवा भएर जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु जान लाग्नुभएको हो । इप्रका बेलबारीको नयाँ प्रमुखको रुपमा प्रहरी निरिक्षक सरोज खनाल आउन लाग्नुभएको छ ।