सुन्दरहरैचा एमालेका अध्यक्ष काँग्रेसमा प्रवेश

मोरङको सुन्दरहरैचामा नेकपा एमालेका नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । एमालेको वडा नं ९ शाखा कमिटि अध्यक्ष चन्द्र ढकाल काँग्रेसमा प्रवेश गरेका हुन ।
शुक्रबार काँग्रेस सुन्दरहरैचा नगरकार्य समितिको कार्यलय बिराटचौकमा भएको पार्टी प्रवेश कार्यक्रममा उनी काँग्रेस प्रवेश गरेका हुन । वडा सभापति त्रिलोचन सुवेदीको अध्यक्षता महासमिति सदस्य वसन्त भटराईको प्रमुख आतिथ्यता, महासमिति सदस्य सुनिल शर्मा लगायतको उपस्थितिमा भएको कार्यक्रममा ढकाल काँग्रेस प्रवेश गरेको महासमिति सदस्य ललित श्रेष्ठले जानकारी दिए ।
पछिल्लो एक बर्ष यता सुन्दरहरैचामा नेकपा एमाले र माओवादी गरेर पाँच हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरिसकेका छन । सुन्दरहरैचा नेकपा एमालेको गढ मानिए पनि पछिल्लो समय एक पछि अर्काे गर्दै नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर चलेपछि नेकपा एमालेमा संगठनिक रुपमै कमजोर बन्दै गएको छ । नगर भित्रका अधिकांस संघसंस्थाहरुमा नेपाली काँग्रेसले नेतृत्व गर्दै आएको छ ।