बेलबारी २ मा स्वास्थ्य शिविर सम्पन्न


महिला अधिकार मञ्च प्रदेश नम्बर १ को आयोजनामा बेलबारी २ स्थित मोरङ चिनारी इंगलिस स्कुलमा सोमबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोरङ चिनारी स्कुल सहआयोजक रहेको सो एक दिने स्वास्थ्य शिविर बेलबारी वडानम्बर २ का वडाध्यक्ष घनश्याम गौतमको प्रमुख आतिथ्यमा सुरु भएको थियो । शिविरमा मुटुरोग,प्रसुती तथा स्त्रीरोग,नाक कान घाँटी, छाला तथा यौन रोग, मानसिक तथा नसा रोग,बालरोग ,आँखा तथा दन्तरोग लगायत समस्या भएका विरामीले सेवा लिएका थिए । शिविरमा भिडियो एक्सरे,इ सि जी,रगत जाँच लगायतका सेवा समेत निशुल्क प्रदान गरिएको महिला अधिकार मञ्च प्रदेश १ की अध्यक्ष सिता सुवेदीले जानकारी दिनुभयो । शिविरमा नोबेल मेडीकल कलेजको चिकित्सक तथा प्राविधिक टोलीले सेवा दिएको थियो । शिविरमा ५ सय ५० भन्दा धेरै विरामीले सेवा लिएको सहआयोजक मोरङ चिनारी इंगलिस स्कुलका प्रिन्सिपल लिला गिरीले जानकारी दिनुभएको छ ।