इटहरीमा भीषण आगलागी

इटहरी । इटहरीमा भीषण आगलागी भैरहेको छ । इटहरी १० स्थित तिरुपती प्लाइ हाउसमा भीषण आगलागी भएको हो । नेपाल प्रहरी, स्थानीयबासीको सहयोगमा आगो निभाउने प्रयास भएको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका, सुन्दरहरैँचा नगरपालिका, उर्लाबारी नगरपालिका, इनरुवा नगरपालिका, विराटनगर महानगरपालिकाको बारुण यन्त्रले आगो निभाउने प्रयास गरेपनि नियन्त्रणमा आएको छैन । विधुत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।