फेसबुकमा चिनजान : उर्लाबारीमा १२ वर्षिय बालिका बलात्‍कृत

उर्लाबारी । मोरङको उर्लाबारी-७ मा एक १२ वर्षिया बालिका बलात्कृत भएकी छिन । बालिका उर्लाबारीको एक घरमा चैत १६ गते रातको १० वजेको समयमा  बलात्कारमा परेको बताइएको छ । 

तेह्रथुम जिल्ला मेन्छायम गाउपालिका स्थायी ठेगाना भई हाल शुन्दरहरैचा नगरपालिका वडा नम्वर ५ बासवारीमा वस्ने वर्ष २५ का गोविन्द हिङमाङले उनिमाथी बलात्कार गरेको आरोप लागेको छ ।

फेसबुकबाट चिनजान भएर साथी बनेका उनिहरु उर्लाबारी-७ स्थित खरी माया श्रेष्ठको घरमा भेट भएको र सोही समयमा बालिका माथी बलात्कार भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन् ।

बालिका बलात्कार गर्ने हिङमाङलाई पक्राउ गरि जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अवश्यक कानुनी कार्वाही थालिएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कारको जाहेरी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएका हुन ।