ओलीको एक्सन: भुसाल र पाण्डे पनि निलम्बन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेका छन । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।