पाँचथरमा करेन्ट लागी एक जनाको मृत्यु

पाँचथर । पाँचथर फिदिम नगरपालिका १२ भोटेगाऊ बस्ने १९ बर्षीय राजु ढुंगानाको करेन्ट लागी मृत्यु भएको छ ।

आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका ढुंगानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा दिउसो सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.